दुई दिनदेखि डोल्पाको टेलिफोन सेवा अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई दिनदेखि डोल्पाको टेलिफोन सेवा अवरुद्ध


१२ असार २०७६, बिहिबार


डोल्पा । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ ।

एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् ।

सदरमकाम दुनैबाट टाढाको दूरीमा रहेकाले मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । यद्यपि, मर्मतका लागि कर्मचारी पठाइएसकिएको टेलिकमको भनाइ छ ।

जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।

प्रतिक्रिया दिनुहोस