पोखरा महानगरको गेटमा कांग्रेसको ताला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखरा महानगरको गेटमा कांग्रेसको ताला


१२ असार २०७६, बिहिबार


काठमाडौं । पोखरा महानगरपालिकाको गेटमा कांग्रसनिकट जनप्रतिनिधिहरुले ताला लगाएका छन् । महानगरको पाँचौं नगरसभामा प्रस्तुत वार्षिक वजेट विवरण र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै महानगरको गेटमा ताला लगाएका हुन् ।

महानगररले नगरसभाको चौथो दिन बुधबार रेडबुक प्रस्तुत गरेको थियो । रेडबुकमाथि कुनै पनि छलफल नभइ पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप कांग्रेस निकट जनप्रतिनिधिहरुको छ ।

उनीहरुले बजेट र अभिव्यक्ति नसच्याए आन्दोल गर्ने चेतावनी दिएका छन् ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको थियो ।

उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस