प्रकाश सपुत र शम्भु राईबीच ४ बुँदे सहमति, यसरी मिल्यो कुरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकाश सपुत र शम्भु राईबीच ४ बुँदे सहमति, यसरी मिल्यो कुरा


११ असार २०७६, बुधबार


काठमाडौं । गलबन्दी विवाद सुल्झिएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने गायक शम्भु राईबीच मंगलबार सहमति भएको हो।

सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चार्चा हुन थालेको थियो। पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए।

सर्जक सपतुले संयोगवश मिल्न गएको बताइरहेका थिए भने गायक राई चोरिएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए।

सहमतिपत्रको दोस्रो बुँदामा गलबन्दी गीतको हालसम्म युट्युबसहितका विभिन्न माध्यमबाट प्राप्तको सम्पूर्ण आम्दानीमा प्रकाश सपुतकै पूरा अधिकार हुने उल्लेख छ । यसमा शम्भु राई कुनै दाबी गर्न नपाउने पनि सहमतिपत्रमा उल्लेख छ ।

सहमति अनुसार शम्भु राईले गलबन्दी बोलको गीतलाई लिएर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा प्रकाश सपुतविरुद्ध असार ५ गते दर्ता गराएको उजुरी पनि फिर्ता लिएका छन्।

प्रतिक्रिया दिनुहोस