महोत्तरीमा सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

महोत्तरीमा सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि


१० असार २०७६, मंगलबार


गौशाला । गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला अस्पताल जलेश्वरका डा.मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

अत्यधिक गर्मीका कारण सर्प बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेकाले बिरामी बढेका हुन् । डा.ठाकुरका अनुसार अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्प र केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताए ।

अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् । अस्पतालमा भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले टोकेका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमुख डा.राजीव झाले बताए । महोत्तरीमा देखा पर्नेमा विषरहितमा ढोरिया, हरहरा र विषालुमा सबैतिर सजिलै भेटिने करेत र गोमन सप छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस