विद्यार्थी बिरामी हुन थालेपछि चार सय विद्यालय बन्द « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्यार्थी बिरामी हुन थालेपछि चार सय विद्यालय बन्द


१० असार २०७६, मंगलबार


क्वालालम्पुर । मलेसियामा विद्यार्थी विरामी हुन थालेपछि चार सय भन्दा बढी विद्यालय बन्द गरिएका छन् ।

मलेसियाको जोहोर राज्यमा ७५ जना विद्यार्थी एक्कासी बिरामी भएपछि सो राज्यका ४०० भन्दा बढी विद्यालय मंगलबार बन्द गरिएका हुन् ।

विद्यार्थीहरुलाई सास फेर्न कठिन हुनुका साथै वान्ता समेत भएको थियो ।

आउँदो बिहीबारसम्मका लागि औधोगिक क्षेत्र पासीर गुदाङ क्षेत्रका विद्यालय बन्द गरिएका छन् । वायु प्रदूषणको कारण सो क्षेत्रमा समस्या देखिएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

गएको मार्चमा खोलामा अवैध रुपमा फोहोर फालिएपछि करिब ४ हजार मानिस तिनमा अधिकांश बालबालिका बिरामी भएका थिए ।

यद्यपि अहिलेको घटना त्यतिबेलाकोसँग सम्बन्धित नरहेको अधिकारीहरुले बताएका छन् ।

जोहोरका मुख्यमन्त्री डा सहरुद्धिन जमालले १५ वटा विद्यालयका ७५ जना विद्यार्थीले सास फेर्न गाह्रो महसुस गर्नुका साथै वान्ता पनि गरेका थिए । उनीहरु सबैलाई अस्पताल लगिएको मुख्यमन्त्रीले बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस