नगरसभा स्थगित गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नगरसभा स्थगित गर्न माग


१० असार २०७६, मंगलबार


लहान । आफुहरुसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित पाँच वडाध्यक्षले नगरसभा स्थगनको माग गरेका छन् ।

नगरप्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६/०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजयकर्ण दास र रामलखन महतोले प्रेस विज्ञप्ति जारी गरी नगरसभा स्थगित गर्न माग गरेका छन् ।

उपप्रमुख साहले आव ०७४/०७५ र ०७५/०७६ को हरहिसाब पटक-पटक सार्वजनिक गर्न आग्रह गर्दासमेत नगरप्रमुख यादवले हालसम्म यसतर्फ गम्भीर नभएको गुनासो गरे । सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ ।

प्रतिक्रिया दिनुहोस