२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनको दोहनप्रति चिन्ता व्यक्त

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का उद्योग, पर्यटन, वन एवं वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा बढ्दै गएको वनको दोहनप्रति चिन्ता व्यक्त गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ कार्यालयद्वारा सोमबार यहाँ आयोजित औद्योगिक तथा व्यापार प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा मन्त्री रायले विभिन्न नाममा वनको दोहनले प्रदेशमा पर्यावरणीय र वातावरणीय समस्या जटिल बन्दै गएको बताए।

उनले सङ्घीय सरकारले आठ हजार हेक्टर वनका रूख काटी विमानस्थल बनाउने योजना अघि सार्नुले पनि प्रदेशको वातावरणीय समस्यामा जटिलता उत्पन्न गर्ने भएकाले प्रदेश सरकारले विमानस्थलका लागि चाहिने जग्गा अन्यत्र उपलब्ध गराउने आग्रह गर्दा सङ्घीय सरकार उक्त आग्रहप्रति संवेदनशील नभएको बताए । वनको विनाशकै कारण पिउने पानीको सङ्कटका साथै पानीको मुहान सुक्दै सिँचाइको समस्यामा वृद्धि भई मरुभूमिकरणको सङ्केत देखिएको उनले बताए ।

मन्त्री रायले प्रदेश सरकार घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न तयार रहेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा पनि साना उद्योगको विकास गर्ने प्राथमिकता राखेको बताए । प्रदेशसभा सदस्य रामसरोज यादव, परमेश्वर साह र रानी शर्मा तिवारीले गुणस्तरीय उत्पादन र घरेलु उद्योगको प्रोत्साहनमुखी योजना कार्यान्वयनमा जोड दिए।

कार्यक्रममा घरेलु साना उद्योग कार्यालय प्रमुख सञ्जीव दुबै, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललितकुमार साहले मेलाको महत्वबारे प्रकाश पारे । गोपाल धर्मशालाको परिसरमा आयोजित तीनदिने सो मेलामा ७० कक्ष रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस