अवैध भरुवा बन्दुकसहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैध भरुवा बन्दुकसहित पक्राउ


१० असार २०७६, मंगलबार


पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् ।

आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए ।

तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको गस्ती टोलीले पक्राउ गरेको पौडेलले बताए । तामाङलाई सोमबार जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान शुरु गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस