बुढीगण्डकी गेजुवालाई दिइसकेको छैन : ऊर्जामन्त्री पुन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बुढीगण्डकी गेजुवालाई दिइसकेको छैन : ऊर्जामन्त्री पुन


९ असार २०७६, सोमबार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना गेजुवा कम्पनीलाई दिइ नसकेको स्पष्ट पारेका छन्। सोमबार संसदमा बोल्दै मन्त्री पुनले १२ सय मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी जलविद्युत आयोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) लाई दिई नसकेको स्पष्ट पारे।

बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना सुम्पिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ। ‘बिना प्रतिस्पर्धा चिनीयाँ कम्पनीलाई आयोजना दिन लागिएको भन्ने विषयहरु बाहिर आएका छन्। उक्त कम्पनीसँग वार्ता गरी आयोजना विकासको खाका तयार गर्न मात्र मन्त्रालयलाई अख्तियारी दिइएको स्पष्ट पार्न चाहन्छु,’ मन्त्री पुनले भने।

यथाशीघ्र उपयुक्त मोडलको छनोट गरी आयोजनाको निर्माण अगाडि बढाइने पनि उनले बताए।

आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय १ सय ५३ रोपनी जग्गामध्ये ४२ हजार ४ सय ५३ रोपनी जग्गाको मुआब्जा वितरण भइकेको छ। आगामी आर्थिक वर्षभित्रै सबै डुबान क्षेत्रको मुआब्जा वितरण तथा पुनर्बास पुनर्स्थापना लगायतका काम सकिने मन्त्री पुनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस