गाडीको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गाडीको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु


९ असार २०७६, सोमबार


महोत्तरी । औरहीमा आज बिहान गाडीको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु भएको छ ।

सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो ।

ठक्करदिने गाडीको भने गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

वृद्धको टाउकोमा गम्भीर चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस