विश्वकप क्रिकेट : पाकिस्तानको जित, दक्षिण अफ्रिका बाहिरियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकप क्रिकेट : पाकिस्तानको जित, दक्षिण अफ्रिका बाहिरियो


९ असार २०७६, सोमबार


काठमाडौं । पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

लर्डसमा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित हुँदै विश्वकप क्रिकेटबाट बाहिरिएको हो ।

पाँचौं पटक खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ ।

यसअघि अफगानिस्तान विश्वकपबाट बाहिरिएको थियो ।

३०९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५९ रन मात्रै बनाउन सकेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो ।

जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस