२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्थानमा ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते

अ+ अ-

राजस्थान, भारत । आइतबार भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा अपरान्ह् करिब ४ः३० बजे एक्कासी हावासहित परेको बर्षाका कारण स्थानीय एक ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

“धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना (टेन्ट) भत्किएर १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन्,” स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

“घटनामा २५ जनाभन्दा बढी गम्भीर घाइते भएका र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ”

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक सभामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्वीटर पेजमा प्रधानमन्त्रीले भनेका छन्, ‘बार्मरमा पान्डाल भत्केर दुःखद् घटना घटेको छ । यस समय घटनामा ज्यान गुमाउने शोकाकुल परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु ।’

यसैगरी राजस्थानका मुख्यमन्त्री अशोक गेलटले घटनाले आफूलाई स्तव्ध बनाएको जनाएका छन् ।
उनले घटनाबारे छानविन समिति बनाई अनुसन्धान गर्न आग्रह गर्दै राज्यले मृतक तथा घाइतेका परिवारलाई यथासम्भव सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस