२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ ।

प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले उत्कृष्ट प्रर्दशन गर्दै जितका लागि योगदान दिइन् ।

पच्चीस बलको सामना गरेकी कविताले आठ चौकासहित ४३ रनको योगदान गरिन् । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निशा भट्टले आठ, मञ्जु बोकटी चार र टिम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाइन् ।

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन/तीन विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । एक सय एक रनको लक्ष्य पाएको प्रदेश नम्बर ५, १६ ओभरम ५० रनमै अलआउट हुन पुग्यो । प्रदेश नं ५ का लागि लक्ष्मी चौधरीले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिइन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई/दुई विकेट लिए । उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुँवर घोषित भइन् । आजको दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस