२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकारको शैली पञ्चायती सरकार भन्दा फरक भएन : जनार्दन शर्मा

अ+ अ-

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बेठकमा सांसद शर्माले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रकरणबारे बोल्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘मलाई जानकारी भएसम्म पौडेललाई समातेर हात बाँधेर गोली ठोकेको भन्ने छ, यथार्थ के हो ? गृहमन्त्रीले जानकारी दिनुपर्छ । यदि त्यसो हो भने वर्तमान सरकारको शैली पञ्चायती सरकार भन्दा फरक भएन । यसले यो व्यवस्था र हामी कहाँ पुग्छौँ सोचनीय विषय बनेको छ’, पूर्वगृहमन्त्री समेत रहेका शर्माले भने, ‘तत्काल यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’

शर्माले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रकरणबारे सर्वत्र प्रश्न उठेको बताउँदै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

यस्तै, वर्तमान सरकारका कामकारवाही पञ्चायती शैलीका भन्दा फरक नभएको भन्दै सत्तारुढ दलकै सांसदहरुले यसैगरी अघि बढ्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले आफ्ना कामकारवाही नसच्याए वर्तमान व्यवस्था र नेताहरुको भविष्य नै संकटमा पर्ने समेत बताएका छन् ।

पौडेलको गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

समितिमा सर्लाही घटनाबारे भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले घटनाबारे सत्यतथ्य जानकारी गराउन सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई समितिमा बोलाउने जानकारी दिएकी छन्।

यो घटनामा प्रहरीले इन्काउन्टरमा पौडेलको मृत्यु भएको भनेपनि इन्काउन्टर नभई समातेर गोली हानिएको भन्दै त्यसको विरोध भइरहेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा समेत घटनाबारे सत्यतथ्य सदनलाई जानकारी गराउन सत्तारुढ दल र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस