बसको ठक्करबाट रुपन्देहीमा दुईको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बसको ठक्करबाट रुपन्देहीमा दुईको मृत्यु


८ असार २०७६, आइतबार


बुटवल । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ ।

कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस