भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


हनोई । यस वर्षको शुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएका कृषि तथा ग्रामीण विकास मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

बाढी, पहिरो र आँधीजस्ता प्राकृतिक प्रकोपका कारण ३ सय ३७ अर्ब भियतनामी डोङ्ग अर्थात १ करोड ४७ लाख अमेरिकी डलर बराबरको आर्थिक नोक्सान पनि भएको छ ।

सन् २०१८ मा भियतनाममा प्राकृतिक प्रकोपबाट २२४ व्यक्ति मृत्यु र बेपत्ता भएका थिए । यस प्रकोपबाट गत वर्ष २० ट्रिलियन भियतनामी डोङ्ग बराबरको अर्थिक नोक्सानी भएको बताइएको थियो ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस