दुर्घटनामा एकको मृत्यु, चार घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दुर्घटनामा एकको मृत्यु, चार घाइते


५ असार २०७६, बिहिबार


बस दुर्घटना

धादिङ । धादिङबेसीबाट सेमजोङतर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय सेनाबाट सेवा निवृत्त ३८ वर्षीय शेरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । मृतककी श्रीमती गम्भीर घाइते भएकी छिन् ।

उकालो बाटोमा गाडीमाथि जान नसकेपछि गाडी चालकसमेत गाडी छाडेर झरेपछि पछाडि हटेका कारण दुर्घटना भएको र गाडीबाट यात्रुहरु भागाभाग गरेका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस