प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने


३ असार २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भनेका छन्, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।”

प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी कांग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस