कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले बोल्न पाएनन्, बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले बोल्न पाएनन्, बैठक स्थगित


३ असार २०७६, मंगलबार


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आज ११ बजे बसेको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका कारण प्रधानमन्त्रीले बोल्न नपाउँदा बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले बैठकमा युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिएर विरोध गर्दै नाराबाजी गरेका थिए।

अर्को बैठक बुधबार ४ बजे राखिएको छ ।

संसदलाई सम्बोधन गर्न भनेर रोष्टममा पुगिसकेका प्रधानमन्त्री अवरोध कायमै रहेपछि फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस