लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चमा आज सुनुवाई हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चमा आज सुनुवाई हुँदै


३ असार २०७६, मंगलबार


सर्वोच्च अदालत

काठमाडौं । लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

न्यायाधीश दिपककुमार कार्की र डम्बरबहादुर शाहको इजलासमा अधिवक्ताहरु जगदेव चौधरी र विकास ठाकुरसमेतले दायर गरेको रिटमाथि पेशी तोकिएको हो ।

आयोगले स्थानीय तहमा ९ हजार १ सय ६२ पदका लागि विज्ञापन खुलाएपछि समावेशीको सिद्धान्त र संविधानविपरीत भएको भन्दै  विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

गत जेठ २९ गते न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले सो मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको हो ।

रिट निवेदक अधिवक्ता ठाकुरले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई असार ३ गते ९आज० बोलाएको छ ।

लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भएपछि संसदको राज्य व्यवस्था समितिले संविधान र स्थानीय तह सञ्चालन ऐनको मर्मअनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस