२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

अ+ अ-

भजनी । टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् ।

रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् ।

सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ । माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ । स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताउनुभयो । उहाँले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शङ्का उब्जिएको बताए। “सडकभरि बालुवा मिसिएको माटो बिछ्याइएको छ”, उनले भने, “यसले सडक बलियो होलाजस्तो लाग्दैन ।”

सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताए । उनले निर्माण पक्षले अनिवार्य दुईपटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिए । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगतरूपमा माटोको परीक्षण गरिन्छ ।

“माटोको ल्याब परीक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाइन्छ”, उनले भने, “अहिलेसम्म माटोको ल्याब परीक्षण भएको छैन, हामी त्यसको पर्खाइमा छौँ ।” उनले माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताए । उनले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताए ।

प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । बीस देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ । तर, निर्माण पक्षले करीब दुई फिट माटो बिछ्याउँदासम्म पनि रोलिङ गरेको छैन । स्थानीयवासीले सडक निर्माणको काम लापरवाही ढङ्गले शुरु भएको आरोप लगाएका छन् जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शङ्का गर्न थालेका छन् । “अन्धाधुन्ध सडकमा माटो फालेको छ”, एक स्थानीयवासीले भने, “निर्माण पक्षले जिम्मेवार ढङ्गले काम शुरु गरेको देखिँदैन ।”

निर्माण पक्षले आयोजनाका बारेमा विवरणसहितको सार्वजनिक सूचनासमेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारीसहितको सूचना सार्वजनिकस्थलमा टाँस गर्नुपर्ने प्रावधान छ । स्थानीयवासीका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीयवासी टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताए । “निर्माणका बारेमा सूचना दिनुपर्ने होला तर त्यस्तो सूचना कहीँकतै छैन”, उनले भन्नुभयो, “सडक निर्माण कसरी भइरहेको छ भन्ने बारेमा हामीले जान्न पाउनुपर्छ ।”

सडक निर्माणको प्रभावकारी अनुगमनसमेत हुननसकेको स्थानीयवासीको आरोप छ । कुनै पनि पक्षले सडक निर्माणको काममा ध्यान नदिएको उनीहरूले बताए । तर, सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर जोशीले भने प्राविधिक टोली सडक निर्माणस्थलमा खटिएको जानकारी दिए । टीकापुर नगरपालिकाले सडक निर्माणको काममा समन्वय गर्ने अधिकार मात्रै छ । उसलाई सडक निर्माणको अनुगमन गर्ने अधिकार छैन । तैपनि सडक निर्माणको गुणस्तरीयताप्रति नगरपालिकाको ध्यानाकर्षण हुने नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए। “यो सङ्घीय योजना हो, हामीले अनुगमन गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “तैपनि सडकको गुणस्तरीयताप्रति हाम्रो ध्यानाकर्षण हुने गर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस