लोक सेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा फेरि अर्को रीट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा फेरि अर्को रीट


२ असार २०७६, सोमबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन दायर भएको छ ।

देशभरका स्थानीय तहमा कार्यरत रहेका ११ हजार करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

लोक सेवा आयोगको विज्ञापनको विरुद्धमा दायर भएको यो चौथो मुद्दा हो । करार कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थालाई मिचेर विज्ञापन गरेको जिकिर गर्दै रिट दायर गरेका हुन् ।

स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेकाले पुर्‍याएको लामो समयको योगदान बेवास्ता गरेको रीट निवेदनमा उल्लेख गरिएको छ ।

अस्थायी र करार कर्मचारीका अनुसार स्थानीय सरकार सञ्चालन ऐनमा एक पटकका लागि अस्थायी र करारमा कार्यरत रहेका कर्मचारीहरुलाई विज्ञापनमा सहभागी हुने मौका दिने र आन्तरिक प्रतिस्पर्धाका लागि समेत मौका दिने उल्लेख गरिएको छ ।

तर लोक सेवा आयोगले हालै ९ हजार कर्मचारीका लागि गरेको विज्ञापनले आफूहरुलाई कानूनले दिएको अधिकार खोसेको रीटमा जिकिर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस