गुठी विधेयक फिर्ता लिन सांसदको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गुठी विधेयक फिर्ता लिन सांसदको आग्रह


२ असार २०७६, सोमबार


काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका छन् ।

सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदहरुले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस