२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा सामान्य सुधार

अ+ अ-

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ ।

कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

विकास बैंक २.७६, लघुवित्त ३.१९ र जीवन बीमा १८.८४ बिन्दुले घट्दा बैंकिङ १.७, होटल १२.८८, जलविद्युत् ८.८९, वित्त २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । बैंकको प्रतिकित्ता रु ३२४ का दरले रु तीन करोड २९ लाख तीन हजार ३२० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट प्रतिकित्ता रु ६५६ का दरले रु तीन करोड २२ लाख ७८ हजार ४८१, प्रभू बैंक प्रतिकित्ता रु २६६ का दरले रु दुई करोड ३१ लाख २९ हजार २८१, सिद्धार्थ बैंक लिमिडेट प्रतिकित्ता रु ३२० का दरले रु एक करोड ८२ लाख ४८ हजार ९२, कृषि विकास बैंक प्रतिकित्ता रु ४०३ का दरले रु एक करोड ७३ लाख ६२ हजार २९८ मा कारोवार भई शीर्ष स्थानमा रह्यो ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.७३ प्रतिशतले कमाउँदा गुर्खाज फाइनान्स ५.१३, गुराँस लघुवित्त वित्तीय संस्था ४.९६, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८९ र सिद्धार्थ इक्वुटी ओरियन्टेड स्किमका लगानीकर्ताले ४.४६ प्रतिशतले कमाए । त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८, युनियन हाइड्रो पावर लिमिटेड ४.६६, गुडविल फाइनान्स कम्पनी ४.४७, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.३७ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले गुमाए । यस्तै स्टकमा आज नविल बैंक लिमिटेडको ९६ लाख ८६ हजार २४४ कित्ता शेयर लाभांश सूचीकृत भयो ।

प्रतिक्रिया दिनुहोस