प्रदेश २ का कर्मचारीलाई थप एक महिनाको तलब « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ का कर्मचारीलाई थप एक महिनाको तलब


२ असार २०७६, सोमबार


जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशभित्र काम गर्ने कर्मचारीहरुलाई थप एक महिना बराबरको तलब दिने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार संसदमा प्रस्तुत बजेटमा एक महिना बराबरको शुरु तलब स्केलको रकम थप सुविधाको रुपमा दिने व्यवस्था गरिएको हो ।

कर्मचारीहरुको मनोवल उच्च राखि कार्य उत्प्रेरणा बढाउन कर्मचारीको तलब वृद्धि गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सवै राष्ट्रसेवक कर्मचारीको शुरु तलबमानमा संघीय सरकारले साउन १ देखि लागू हुने गरी वृद्धि गरेको तलब भत्ता लगायतका सुविधालाई प्रदेशमा समेत लागू गर्दै थप एक महिनाको तलव दिइने बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस