काठमाडौं–केरुङ रेलमार्ग विषयमा छलफल गर्न नेपाली टोली चीन जाँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौं–केरुङ रेलमार्ग विषयमा छलफल गर्न नेपाली टोली चीन जाँदै


२ असार २०७६, सोमबार


काठमाडौं । काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न नेपाली टोली चीन जाने भएको छ । नेपाली टोली रेल पूर्वाधार विकासका बारेमा छलफल गर्न पाँच दिने चीन भ्रमणमा जान लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भ्रमण टोली भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वमा सात सदस्यीय रहेको छ ।

टोलीमा मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देल तथा प्रवक्ता राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्रा तथा प्रवक्ता अमन चित्रकार, अर्थमन्त्रालय तथा पररष्ट्र मन्त्रालयका एकएक जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

चीनस्थित नेपाली राजदूतावासका प्रतिनिधि पनि टोलीमा सहभागी हुनेछन् ।

भ्रमणको मूख्य एजेन्डा काठमाडौं–केरुङ रेल मार्ग हुनेछ । टोलीले रेल्वे कनेक्टिभिटी, मानवीय स्रोत विकास र पूर्वाधार निर्माणलगायतका विषयमा छलफल गर्नेछ ।

यस अघि २०७५ मंसिरमा नेपाल भ्रमण आएको चीनको टोलीले काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस