विद्युत् चुहिएर पाँच पसलमा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्युत् चुहिएर पाँच पसलमा आगलागी


२ असार २०७६, सोमबार


आगलागी

काठमाडौं । टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।

टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १० :१५ बजे नियन्त्रणमा लिएको जानकारी दिए।

“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उनले भने । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा अन्दाजी २८ वर्षीय नाम नखुलेका एकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रसाईंले पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस