सामाजिक कुरीतिको जरो अशिक्षा : मुख्यमन्त्री राउत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामाजिक कुरीतिको जरो अशिक्षा : मुख्यमन्त्री राउत


३१ जेष्ठ २०७६, शुक्रबार


लोक सेवा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अशिक्षालाई सामाजिक कुरीतिको जरो बताएका छन् । लैङ्गिक हिंसा, भु्रण हत्या, बालविवाह, दाइजोलगायत कुरीतिविरुद्ध आज जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अशिक्षा मेटाउन नसके समाजमा सुधार हुन नसक्ने बताए ।

सामाजिक कुरीतिको मुख्य कारण अशिक्षा भएकाले यसलाई हटाउनमा सबैको सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनले बताए । सामाजिक कुरीति उन्मूलनबिना सभ्य समाजको कल्पना गर्न नसकिने उनको भनाइ थियो । ‘सामाजिक कुरीति उन्मूलन गर्न छोरीलाई शिक्षा दिनुपर्ने अभियानमा प्रदेश सरकार लागिपरेको छ’, उनले भने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा उन्मूलन गर्नका लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिइन्।

‘सामाजिक विकृति, विसङ्गति अन्त्य गर्ने जिम्मेवारी अब जनप्रतिनिधिमाथि आइपरको छ’, उनले भनिन् । कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस