गर्मी बढेपछि एक साताका लागि विद्यालय बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गर्मी बढेपछि एक साताका लागि विद्यालय बन्द


३१ जेष्ठ २०७६, शुक्रबार


School

पर्सा । गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थी मूक्र्षित हुन थालेपछि आगामी असार १ देखि ६ गते सम्मका लागि विद्यालय बन्द गरिने महानगरपालिकाले निर्णय गरेको हो ।

महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ र महानगरको शिक्षा समितिको आज बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

वीरगञ्जभित्र ९३ सामुदायिक र १८५ भन्दाबढी निजी विद्यालय रहेका छन् । एक सातादेखि लगातार बढ्दै गएकोे गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

दिउँसोको समयमा तापक्रम ३८ देखि ४० डिग्री पुगेपछि सर्वसाधारण बिरामी हुन थालेका छन् । गर्मीका कारण ज्वरो, झाडापखला, फुडपोइजनलगायतका रोगबाट ग्रसित भएका नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस