पाकिस्तानमा सडक दुर्घटनामा आठको मृत्यु, ८ जना घाइते - प्रशासन प्रशासन

पाकिस्तानमा सडक दुर्घटनामा आठको मृत्यु, ८ जना घाइते


प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १२:५५

बस दुर्घटना

इस्लामाबाद । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो ।

बिहीबार अबेर राति भएको यस सडक दुर्घटनामा मारिएका यी व्यक्तिहरुमा ३ महिला र २ बालबालिकासमेत रहेका छन् ।

दुर्घटनामा भएको सो भ्यानबाट शव निकालिएको र घाइते व्यक्तिलाई अस्पताल पुर्‍याएको बताइएको छ । ट्रकको ठोक्काइबाट भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् । रासस/सिन्ह्वा

Tags:

प्रतिक्रिया दिनुहोस