३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक

अ+ अ-

काठमाडौं । सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए । उनले मन्त्रालयमा दैनिकरुपमा स्थानीय तहका प्रमुख कर्मचारी चाहियो भनेर आउने गरेकोसमेत बताए ।

‘हामीलाई कर्मचारी अपुग भयो । जनताका काम गर्न पाएनौँ । कर्मचारी चाहियो भनेर दैनिकरुपमा स्थानीय तहका प्रमुख आउने गरेका छन्’, उनले भने, ‘शीघ्र स्थानीय तहमा कर्मचारी पदपूर्ति भई त्यहाँका सेवा दु्रत गतिमा बढाउनुपर्ने हाम्रो प्राथमिकता रहेको विषय हो । त्यसैले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि विज्ञापन गर्न लोकसेवा आयोगलाई आग्रह गरेका हौँ ।’

उनले कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्ति गर्न पाउने कानून व्यवस्थाअनुसार नै स्थानीय तहबाट माग गरिएका दरबन्दीको आधारमा आयोगलाई विज्ञापन गर्न भनेको जानकारी दिए। प्रवक्ता बरालले आफूहरुले स्थानीय तहबाट सङ्कलन गरिएका रिक्त दरबन्दी आयोगलाई पठाइदिएको र आयोगले पनि प्रदेश र स्थानीय तह सञ्चालन सेवा ऐन बनिनसकेकाले पुरानै कानूनअनुसार नै समावेशी छुट्टाइएको बताए ।

‘अहिले विज्ञापनमा समावेशीका कुरालाई मुद्दा बनाइएको छ’, उनले भने, ‘प्रदेश र स्थानीय तह सञ्चालन ऐन बनिनसकेकाले पुरानै निजामती कर्मचारी ऐनको आधारमा समावेशी छुट्याइएको हो ।’ पत्रकार सम्मेलनमा प्रवक्ता बरालले राज्यव्यवस्था तथा सुशासन समितिको विज्ञापन रोक्नका लागि गरिएको निर्देशन मन्त्रालयमा पत्र प्राप्त भइसकेको जानकारी दिए ।

गत सोमबार राज्यव्यवस्था तथा सुशासन समितिले ५१५ स्थानीय तहका लागि खोलिएको नौ हजार १६१ पदको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो । अहिलेसम्म करीब ९५ हजार परीक्षार्थीले आवेदन फाराम भरिसकेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस