२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी पार्टी निर्वाचन आयोगमा

अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको ‘समाजवादी पार्टी नेपाल’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । गत वैशाख २३ गते समाजवादी पार्टी नेपालको घोषणा गरिएको थियो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेताहरुले आज निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हु्न् । आयोगको दल दर्ता प्रक्रियाअनुसार ४५ दिनभित्र दलको टुङ्गो लाग्नेछ ।

प्राप्त निवेदन विस्तृत अध्ययनपछि निर्णय लिइने आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । राजनीतिक दल दर्ता ऐन, २०७३ अनुसार निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने व्यवस्था छ । निर्वाचन अयोगमा हालसम्म १३० राजनीतिक दल दर्ता भएका छन् ।

समाजवादी पार्टीको झण्डा पूर्वसमाजवादी फोरमकै हुनेछ भने चुनाव चिह्न छिट्टै बुझाउने गरी दल दर्ता गरिएको छ । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । यसअघि दल दर्ताको निवेदन दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.भट्टराईले संविधान र कानूनी प्रावधानअनुरुप समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको बताए । उनले देशमा सुशासन र दिगो विकास लागि समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गरे।

परिषद् अध्यक्षले मुलुकमा विभिन्न बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै संविधानमा रहेका केही अपूरा विषयलाई समेटेर संघीयता प्रवर्द्धन गर्नुका साथै समुनत संघीय समाजवाद निर्माणको दिशामा पार्टी अघि बढ्ने उल्लेख गरे ।

संविधान र संघीयताको मर्मविपरीत लोकसेवा आयोगको विज्ञापन गरिएको भन्दै उनले संघीयताको कार्यान्वयन, सुशासन र दिगो शान्ति स्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

समाजवादी पार्टीका अध्यक्ष यादवले सत्ता नेतृत्वकर्ता राजनीतिक दलसँग संविधानमा रहेका अधुरा विषयलाई पूर्णता दिने गरी संविधान संशोधनको लिखित सम्झौता भएर सरकारमा सहभागी भएको स्मरण गराउँदै सोको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

‘संविधान संशोधन गर्ने लिखित शर्तमा सरकारमा सहभागी भएका हौँ, भद्र सहमतिको कार्यान्वयन हुनुपर्छ, त्यो कार्यान्वयन पनि हुनुपर्छ किनकी अहिलेको संघीयतामा कमजोरी रहेका छन् तीनलाई सच्याएर अघि बढेको खण्डमा संविधानको प्रभावकारी कार्यान्वयन हुन्छ ।

यसबारे छिट्टै छलफल गर्नेछौँ,’उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने । सो अवसरमा समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस