२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै वडामा १३८ बालबालिका कुपोषित

अ+ अ-

लमही । दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिइन् ।

“हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ’, उनले भनिन्, “तर ४७ जना मात्रै सम्पर्कमा हुनुहुन्छ, अन्य बालबालिकाहरु कता हुनुहुन्छ, हामी कहाँ सम्पर्कमा आउनुभएको छैन ।’ ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सात तथा औषधि खाइरहेका ५ जनाको तथ्याङ्क प्रस्तुत गरिएको थियो । २०७४ साल चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कूल ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।

एघार वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन नसकेको बताए । बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरुको सङ्ख्या रहेको उनको भनाइ छ । कुपोषित बालबालिकाको यो सङ्ख्या चिन्ताजनक रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताइन् । ‘अहिले एउटै वडामा देखिएको यो कुपोषणको समस्या निकै चिन्ताजनक विषय हो’, उनले भनिन् ।

कुपोषणमा लागेका बालिकाहरु सम्पर्कमा नआउनुका कारण अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ । यसरी बालबालिका सम्पर्कमा नआउने अवस्था रहनुमा प्रोत्साहनको कमी हुन सक्ने यसका लागि अभिभावकलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस