असार २ गते, २०७६

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

तेह्रथुम । १७ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमरजुङ बस्ने ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय पदम रसाईली, १५ वर्षीय बिशान लिम्बु र १५ वर्षीय सुदिप रुचाल रहेका छन् ।

गत शनिबार बालिकालाई शुक्रबारेबाट हमरजुङ जाने बाटोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जेष्ठ २९ गते, २०७६ - १८ः५६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg