नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट


२९ जेष्ठ २०७६, बुधबार


काठमाडौं । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको जहाज भैरहवा डाइभर्ट गरिएको छ । पश्चिमी वायुका कारण मौसममा खराबी आएपछि बुद्ध एयरको विमान नेपालगञ्ज अवतरण गर्न नसक्दा भैरहवा डाइभर्ट गरिएको हो ।

नेपालगञ्ज विमानस्थल प्रमुखका अनुसार हावाहुरीका कारण बुधबार बिहान विमानस्थल करिब आधा घण्टा बन्द भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल छिरेपछि बुधबार बिहान यसको प्रभाव देखिएको हो । वायुको प्रभाव मध्यपश्चिम क्षेत्रसम्म देखिने विभागको अनुमान छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भने सामान्य अवस्थामा उडान–अवतरण भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस