वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वस्तुगत प्रश्नोत्तर


२९ जेष्ठ २०७६, बुधबार


१.संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने मुलुक कुन हो ?
– मध्यअफ्रिकी गण्तन्त्र
२. गण्तन्त्र स्मारकको उद्घाटन कहिले गरिएको हो ?
– वि.स. २०७६ जेठ १५
३. सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालिएको हो ?
– तनहुँ
४. केन्द्रीय तथ्याङ्क विभागले विसं २०७६ जेठ १३ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क (आव २०७५/०७६) अनुसार आव २०७६/०७७ मा जीडीपीमा कृषि तथा वन क्षेत्रको योगदान कति हुने उल्लेख छ ?
– २६.५ प्रतिशत ।
५. विश्वको कुन नदीलाई ‘तरल इन्द्रेणी’ भनी चिनिन्छ ?
– कोलम्बियाको क्यानो क्रिस्टालेस
६. नेपालर भारतबीच भएको रेल सेवा सञ्चालनसम्बन्धी सम्झौता कति वर्षका लागि नवीकरण भएको छ ?
– पाँच वर्ष
७. अमेरिकी रक्षामन्त्रालयले हिन्द“प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिसम्बन्धी प्रतिवेदनमा नयाँ सैन्य साझेदार भनी हिन्द–प्रशान्त क्षेत्रका कति राष्ट्र उल्लेख गरेको छ ?
– १२
८. घोर्ले झरना कहाँ रहेको छ ?
– सङ्खुवासभा
९. ‘एन एकाउन्टल या ‘किङडम आफ’ नेपालका लेखक विलियम प्याट्रिक हुन् भने ‘एन एकाउन्ट टु किङडम’ या ‘हिमालयाज’ का लेखक को हुन् ?
– टोनी हेगन
१०. विश्व बैंकद्वारा २०१९ जुनमा सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट अनुसार आव २०७५/७६ मा नेपालको आर्थिक वुद्धिदर कति हुने प्रक्षेपण छ ?
– ७.१ प्रतिशत
११. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?
– जुन ७

१२. झापास्थित केचनाकवल स्तम्भको निर्माण कहिले गरिएको हो ?
– विस. २०४४ पुष १६ गते
१३. चिनले पहिलोपटक समुद्रबाट रकेट प्रक्षेपण कहिले गर्‍यो ?
– २०१९ जुन ५
१४. ब्रोडब्यान्ड इन्टरनेटको गतिमा नेपाल कति औं स्थानमा रहेको छ ?
– १४४ औँ
१५. नेपालमा राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?
–जेठ १६ गते
१६. लेजर स्पिड केसँग सम्बन्धित छ ?
– सवारी साधनको गति मापन
१७. सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन् हो ?
– पूर्वी रुकुम (तीन स्थानीय तह)

र, यो पनि :- वस्तुगत प्रश्नोत्तर


गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस