वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वस्तुगत प्रश्नोत्तर


१ जेष्ठ २०७६, बुधबार


१. २०७६ वैशाख २० मा प्रस्तुत आर्थिक वर्ष २०७६ /७७ को नीति तथा कार्यक्रम अनुसार कति वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम ल्याइने योजना छ ?
– चार वर्षभित्र

२. फ्रान्सको पेरिसस्थित ऐतिहासिक तथा पर्यटकीय धरोहर नोट्रेडाम क्याथेड्राल चर्चमा भीषण आगलागी कहिले भएको हो ?
– सन् २०१९ अप्रिल १५ ।

३. नेपालमा सूचना प्रविधि पार्क कहाँ छ ?
– बनेपा (काभ्रे)

४. आाठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने खेलाडी को हुन् ?
– गौरिका सिंह (पौडी खेलाडी)

५. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजित हुन पुगेको कुन मुलुक शीतयुद्धको अन्त्यसँगै पुनः एकीकरण भएको हो ?
– जर्मनी ।

६. नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता कहिले हस्ताक्षर भएको हो ?
– वि.स. २०७५ फागुन २१

७. नेपालमा इन्टरनेट सेवा कहिले सुरु भएको हो ?
– सन् १९९४

८. नेपालको आफ्नै भूउपग्रह अन्रिक्षमा प्रक्षेपण गरिएसँगै त्यहाँबाट प्राप्त सूचना एवं विविध अनुसन्धानात्मक विषयको जानकारी पाउने माध्यम ग्राउन्ड स्टेसनको निर्माण कहाँ गर्न थालिएको छ ?
– ललितपुरस्थित नास्ट भवन

९. केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको ‘श्रमक्ति सर्वेक्षण–२०१९’ अनुसार हाल नेपालमा बेरोजगारी दर कति रहेको छ ?
–११.४ प्रतिशत

१०. मानव मस्तिष्कले जे चाहन्छ विश्वास गर्छ, त्यो पाउन सक्छ । भन्न भनाइ कसको हो ?
–नेपोलियम हिल

११. संयुक्तराष्ट्र संघको सुरक्ष परिषदमा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रुपमा चयन भएका पाँच राष्ट्र कुनकुन हुन् ?
– बेल्जियम, डोमोनिकन रिपब्लिक, जर्मनी, इन्डोनेसिया र दक्षिण अफ्रिका ।

१२. नपालमा प्रकाशित पहिलो दैनिक पत्रिका कुन हो ?
– आवाज (प्रथम सम्पादक : सिद्धिचरण श्रेष्ठ)

१३. नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको थालनी कहिले भएको हो ?
– विसं २०७५ माघ ४

१४.नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
 – विसं २०७४ चैत ४

१५.नेपालको कुन विद्यालयले पढाउने कार्यमा रोबोट प्रविधि प्रयोगमा ल्याएको छ ?
– ललितपुस्थित बौद्ध माध्यमिक विद्यालय

१६.१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट कहिले सार्वजनिक गरियो ?
– वि.स. २०७६ वैशाख ३० (सन् २०१९ मे १३) ।

१७. ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रिपरिषदबाट कहिले पारित गरिएको हो ?
– वि.स. २०७६ वैशाख २२

१८. २०७६ वैशाखमा प्रदान गरिएको नइ देरुखिन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन् ?
– भारतीय श्रष्टा हाइमनदास राई किरात र डा. लख्खीदेवी सुन्दास (पुरस्कार राशि : रु.२ लाख)

१९. बेलायतस्थित ‘द टाइम्स हायर एजुकेसन’ द्वारा सन् २०१९ मा सार्वजनिक एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निधारण सूचीमा नेपालबाट सूचीकृत विश्वविद्यालय कुन हो ?
– त्रिभुवन विश्वविद्यालय

२०. तीनपटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
– वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी ।

२१. प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा काठमाडौंको भोटाहिटीस्थित केन्द्रीय साइबर ब्युरोको भवन उद्घाटन कहिले गरिएको हो ?
– २०७६ वैशाख २९

२२. प्रथम राष्ट्रिय गणना–२०७५ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा बढी व्यापारिक प्रतिष्ठान कुन प्रदेशमा रहेका छन् ?
– प्रदेश नं. ३

२३. अफ्रिकि राष्ट्र इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
-सन् २०१९ मे १

२४. युग कवि सिद्धचरण पुरस्कार–२०७६ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
– डा. ध्रुवचन्द्र गौतम (पुरस्कार राशि : रु. १ लाख )

२५. नेसनल आइसीटी अवार्ड २०१९ बाट सम्मानित निकाय कुन हो ?
– नेपाल प्रहरी

२६. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ?
– अप्रिल ११

२७. अर्थ आवर अभियानको सुरुवात कुन देबाट भएको हो ?
– अस्ट्रेलिया (सन्२००७ देखि)

२८. लुनकरणदास–गङ्गादेवी साहित्यकला मन्दिरले एकलाख रुपियाँ राशिको गङ्गादेवी चौधरी स्मृति सम्मान (२०७६) कसलाई प्रदान गरियो ?
– साहित्यकार पद्मावती सिंह

२९. २०७६ वौखमा घोषणा गरिएको नारायणगोपाल सङ्गीत सम्मानबाट कसलाई सम्मान गरियो ?
– कलाकार गणेश रसिक


गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस