छ सय मिटरबाट तानेर खानेपानी योजना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

छ सय मिटरबाट तानेर खानेपानी योजना


२८ जेष्ठ २०७६, मंगलबार


रामपुर । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालमा सौर्यऊर्जामार्फत पानी तानेर खानेपानीको सुविधा उपलब्ध गराइएको छ । एक गाग्री पानीका निम्ति आधा घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश नम्बर ५ सरकारको पहलमा गाउँदेखि करीब ६ सय मिटर तलबाट पानी तानिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक सौर्य ऊर्जाबाट मित्यालमा खानेपानी योजना सम्पन्न गरेको इञ्जिनीयर मातृका गौतमले बताए । प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान गरी करीब रु १ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको कार्यालयका सबइञ्जिनीयर नारायण अर्यालले बताए ।

यस वर्ष मुहानबाट पानी तानेर ट्याङ्कीमा जम्मा गर्ने र आगामी आर्थिक वर्षदेखि शुरु गरेर घरघरमै धारा निर्माण गरेर खानेपानी सुविधा उपलब्ध गराइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष जबरसिं सारुले जानकारी दिए । पियाङ्डी खानेपानी लिफ्टिङ योजना सम्पन्न भएलगत्तै करीब ६५ घरपरिवार लाभान्वित हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस