युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु


२८ जेष्ठ २०७६, मंगलबार


किभ युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन ।

यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य ४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस आगलागीमा नौ जनाले भने भागेर ज्यान बचाएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुःखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

युक्रेनमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस