भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण


प्रशासन संवाददाता

२७ जेष्ठ २०७६, सोमबार


चितवन । भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ । घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो । २ वर्ष छ महीनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो ।

दिल्लीको एपोलो अस्पतालमा तीन महीनाको तालीम लिएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा.श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ । उनका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ ।

निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ । शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो । थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा रु २ लाख २० हजार र पुठोको रु एक लाख २० हजार हाराहारी जोर्नी खरीद गर्न खर्च लाग्ने गर्दछ ।

घुँडाको अमेरीकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा रु ४० हजार हाराहारी खर्च हुने गर्दछ । उनका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपणका लागि अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष चाहिने गर्दछ ।

उनले अस्पतालमा रहेको शल्यक्रिया कक्षलाई जिवाणुरहित बनाएर प्रत्यारोपण गर्ने गरेको जानकारी दिए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले निजीमा भन्दा कम खर्चमा सरकारी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्न सकिने बताए । निजीमा यहाँको भन्दा रु एक लाखभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

अस्पतालमा तालीम प्राप्त विज्ञ चिकित्सक रहेकाले प्रत्यारोपण गराउनेको रोजाइ सरकारी अस्पताल हुने गरेको बगालेले बताए । महङ्गो खर्च लाग्ने, बीमा नहुने, सरकारी छुट नपाइने र प्रत्यारोपणको जनचेतना नहुँदा सोचेअनुसारका बिरामी नआएका अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । घुँडा प्रत्यारोपण गर्ने अधिकांश ज्येष्ठ नागरिक हुने गरेका छन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस