पूर्वी नवलपरासीमा हावाहुरीले ४० घरमा क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वी नवलपरासीमा हावाहुरीले ४० घरमा क्षति


२७ जेष्ठ २०७६, सोमबार


नवलपरासी । पूवी नवलपरासीमा हावाहुरीले ४० घरमा क्षति पुगेको छ । विकट पहाडी गाउँको बुलिंटार–४मा आइतबार साँझको हावाहुरीले ४० घरमा क्षति पुगेको हो ।

हुरीसँगै परेको चट्याङल् चुलीबोझमा ४५ बाख्रा समेत मरेका छन् । मानवीय क्षति भने भएको छैन ।

हुरीले किसानको मकैबालीमा समत क्षति पुगेको छ ।

हुरी पछि आएको वर्षाले बुलिंटार मोटरबाटोसमेत अवरद्ध हुन पुगेको स्थानीयले जानकारी गराएका छन् । अवरुद्ध सडकमा पहिरो हटाउने काम भइरहेको बताइएको ।

Tags :
प्रतिक्रिया दिनुहोस