८४ हजारले दिए कोरियन भाषा परीक्षा, नतिजा असार १३ मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

८४ हजारले दिए कोरियन भाषा परीक्षा, नतिजा असार १३ मा


प्रशासन संवाददाता

२६ जेष्ठ २०७६, आइतबार


काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिन आएकाहरुलाई नियन्त्रणमा लिएको छ भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागले जनाएको छ ।

पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइने छ । परीक्षाको नतिजा भने असार १३ गते प्रकाशित हुनेछ ।

यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस