२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली युरोप प्रस्थान

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ साताव्यापी भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् ।

२० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको भियना हुँदै बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भियनामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा गएका हुन् । उनले त्यहाँ अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) को शतवाषिर्कीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने छन् ।

जेनेभामा रहँदा साइलाइनमा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुअट ओकाट्या, नर्वेका प्रधानमन्त्री, स्वीट्जरल्यान्डका पूर्वराष्ट्रपति तथा फेडरल काउन्सिलर लगायतसित भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली १० जुनमा बेलायतको औपचारिक भ्रमणमा जाने छन् । उनले १० जुनमा नै अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले आयोजना गर्ने शान्ति, प्रजातन्त्र र विकास शीर्षकको कार्यक्रममा सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेजा मेसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बेलायतपछि प्रधानमन्त्री ओली १२ जुनमा फ्रान्स जाने कार्यक्रम छ । उनले फ्रान्समा १३ जुनमा त्यहाँका प्रधानमन्त्री एडवर्ड फिलिपसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले १५ जुनमा युरोपभरका नेपाली राजदूतहरूलाई पेरिसमा निर्देशन दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकर दास वैरागी, परराष्ट्र प्रवक्ता भरतराज पौड्याल, परराष्ट्रका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, परराष्ट्रको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तवलगायत छन् ।

ओली जुन १६ मा नेपाल र्फकने छन् ।

प्रतिक्रिया दिनुहोस