पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए


२४ जेष्ठ २०७६, शुक्रबार


काबुल । अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ ।

सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ ।

लोगाड प्रान्तमा सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस