डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार विरामी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार विरामी


२३ जेष्ठ २०७६, बिहिबार


कोलम्बो । श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

रोग नियन्त्रण तथा रोकथाम इकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा डेङ्गुकै कारण अरु १८ हजार जना विरामी भएका छन् ।

गत मे ३१ तारिखसम्म प्राप्त विवरण अनुसार विरामी हुनेमा १८ हजार ७६० जना रहेका छन् । विरामीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लामा रहेका छन् । कोलम्बोमा मात्रै चार हजार ६६ जना विरामी भएका छन् ।

कोलम्बोपछि दोस्रो धेरै विरामी गाम्फाहमा भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार गाम्पाहमा २ हजार ४८० विरामी भएको अधिकारीहरूले जनाएका छन् ।

तेस्रो धेरै विरामी भएका जाफ्नामा भने एक हजार ८८७ जना विरामी भएको रोग नियन्त्रण तथा रोकथाम इकाइको तथ्याङ्कमा उल्लेख छ ।

चिकित्सकहरुले उच्च ज्वरो, अनियन्त्रित वान्ता, असह्य पिडा, कमजोरी महशुस हुने लगायतका लक्षण देखिए तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न वा चिकित्सकहरुको सल्लाह लिन आग्रह गरेका छन् ।

‘ज्वरो सम्वन्धी सवै विरामीलाई आरामको आवश्यकता पर्दछ, विद्यालय तथा कार्यालय लगायतका भीडभाड भएका ठाउँमा जानुहुदैन,’ एक चिकित्सकले भने ।

श्रीलङ्कामा डेङ्गुकै कारण गत बर्ष ५० जनाको मृत्यु भएको थियो भने ४८ हजार जना विरामी भएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस