श्रावण १ गते, २०७६

६५ वर्षमै वृद्धभत्ता दिन कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेका छन्  ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् ।

शून्य समयमा बोल्दै यादवले भनिन्, ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन म जोडदार माग गर्दछु ।’

त्यस्तै, प्रमुख सचेतक खाँडले भने, ‘नेपालका ५२ जिल्लाका मानिसहरुको औसत उमेर नै ६५ वर्षभन्दा तल छ । त्यसकारण ७० वर्षलाई ६५ गराइयोस् भन्ने हाम्रो माग हो । हिजोको पूर्ववर्ती सरकारले यो निर्णय गरिसकेको थियो । अहिलेको सरकारले यसलाई किन फिर्ता लिने ?

कांग्रेस सांसदहरुले गम्भीर प्रकारका चार प्रकारका बिरामीलाई पाँच हजार भत्ता दिने घोषणा कार्यान्वयनको पनि माग गरेका छन् ।

जेष्ठ २३ गते, २०७६ - १३ः०८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg