सरकार कुहीरोको काग जस्तै हिनीरहेको छ : केन्द्रीय सदस्य हुमागाँइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार कुहीरोको काग जस्तै हिनीरहेको छ : केन्द्रीय सदस्य हुमागाँइ


प्रशासन संवाददाता

२२ जेष्ठ २०७६, बुधबार


डोटी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले बर्तमान सरकार कुहीरोमा हराएको काग जस्तै भएर हिनीरहेको बताएका छन् । नेपाली कांग्रेसको जागरण अभियानका क्रममा डोटीका सबै स्थानिय तहहरुमा पुगेका केन्द्रिय सदस्य हुमागाँइले बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले भने वर्तमान सरकार संविधानको मुल मर्मलाई कुल्चेर अगाडी वडीरहेकाले सवैले सजग हुनु पर्ने वेला आएको समेत बताए । सरकारले कार्यपालिका ,न्यायपालिका , व्यवास्थापिकालाई समेत आफ्नो नियन्त्रणमा लिन खोज्नुका साथै राज्यको चौथो अंगको रुपमा गणना गरिने संचार जगतलाई समेत नियन्त्रणमा राख्न खोजेको समेत उनले आरोप लगाएका छन् ।

सरकारले मिडिया काउन्सील विद्येयक पत्रकार माथिको ‘कु’ भएको वताउदै वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई अहिलेको सरकारले कु गर्न खोजेको बताए । वर्तमान सरकारले तिनवटै तहका सरकारसंग सम्वनय गरेर अगाढी नवढे देशमा फेरी संकट उत्पन हुने उनले बताए ।

एक महिने जागरण अभियानका क्रमममा डोटीका विभिन्न स्थानमा २३ वटा औपचारीक कार्यक्रममा ३ हजार भन्दा वढी मतदाता काग्रेस संग जोडीएको समेत दाबी गरे ।

प्रेश युनियन डोटी शाखाका अध्यक्ष प्रकाश वमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला पार्टि सभापति प्रदिप देउवा, उप सभापति लक्ष्मण सिंह, सचिव नारायण जोशि, तरुण दल अध्यक्ष नारायण बलायर, नेपाल विद्यार्थि संघ अध्यक्ष गणेश खड्का लगाएत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस