राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा


२२ जेष्ठ २०७६, बुधबार


बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गरेकी छन् ।

उनले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिए ।पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गरेकी हुन् ।

राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले देवीको प्रसाद प्रदान गर्नाका साथै मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराए ।

मङ्गलबार मुस्लिम समुदायको पवित्र महीना रमदान मुबारकको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’ सहभागी भएकी राष्ट्रपति भण्डारी आज बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस