सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : प्रवक्ता विश्वकर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : प्रवक्ता विश्वकर्मा


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी गरेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डले गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको विषयको खण्डन गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

उनले प्रहरी चौकी आक्रमणको कुनै घटना नभएको दाबी गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको पनि दाबी गरेका छन् ।

यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएको थियो । प्रहरीले भने थप सुरक्षाका लागि विपदको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रमा पठाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस