२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल सुधार गृह संञ्चालनका लागि मापदण्ड तयार गर्न सुझाब

अ+ अ-

डोटी । डोटी लगायत देशका विभिन्न स्थानमा संचालनमा रहेका बाल सुधार गृह संचालन गर्न मापदण्ड तयार गरी अगाडी बढ्न जिल्लाका सरोकारवाला निकायहरुले जोड दिएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगढीको सहयोग तथा सामुदायिक महिला तथा बालवालिका विकास केन्द्रले सोमबार डोटीमा आयोजना गरेको बालसुधार गृह स्थापना तथा संचालन सम्भाव्यता अध्ययन सरोकारवालासँग सुझाब संकलन कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका थिए ।

कार्यक्रमका सहभागिहरुले बाल सुधार गृह संचालन गर्न नेपाल सरकारले कार्यबिधी तयार गर्नुपर्ने, कार्य संचालानार्थ आवश्यक कर्मचारी दरबन्दी थप गर्नु पर्ने, सुरक्षा ब्यवस्थाकोलागि थप दरबन्दी थप गनुपर्ने, आवश्यकता अनुसार भौतिक संरचना निमार्ण, बाल सुधार गृहमा रहेका बालवालिकाहरुको शिक्षा, स्वास्थ्य मा ध्यान दिनु पर्ने लगायतका सुझाब दिएका थिए ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेकी दिपायल सिलगढी नगरपलिकाकी नगर प्रमुख मंजु मलासिले डोटी जिल्लामा संचालन अवस्थामा रहेको बाल सुधार गृहको व्यवस्थापन र भौतिक संरचना निमार्णका लागि आवश्यक जग्गा ब्यवस्थापनका लागि सहयोग गर्ने बताईन् ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत संचालनमा रहेको बालसुधार गृह संचालनका लागि मन्त्रालयले यो भन्दा पहिले कुनै समन्वय नगरेकोले समन्वयका साथ अघाडी बढ्न आवश्यक रहेको बताईन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले हाल बाल सुधार गृह कारागार ऐन अन्तर्गत संचालनमा रहेकाले सरकारले नयाँ कार्यविधी तयार गरेर अघाडी बढ्नुपर्ने बताए ।

२०७५ साल भाद्र महिनामा डोटी जिल्लामा संचालनमा आयको बाल सुधार गृहमा देशका विभिन्न स्थानका हाल ३३ जना बालकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस